२०८३ आश्विन १८ गते, आईतवार ०५:३०

बाराको सुधार गृहमा युवकको मृत्यु, परिवारद्वारा छानबिन माग

वीरगन्ज-

बाराको कलैया उपमहानगरपालिका कलैया–९ रामपुर टोलका ३४ वर्षिय प्रदीपप्रसाद मण्डलको सुधार गृहमा मृत्यु भएको छ । कलैया उपमहानगरपालिकाको वडा नम्बर १ बैँकरोडमा रहेको ‘नवजन्म सुधार केन्द्र’मा उनको मृत्यु भएको हो ।

मृतक प्रदीपको अनुहार तथा शरिरका भागहरुका कुटपिटको डाम देखिएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक एवम् निमित्त सूचना अधिकारी बलराम क्षेत्रीले बताए । क्षेत्रीका अनुसार प्रदीपको शुक्रवार बिहान मृत्यु भएको हो । सुधार केन्द्रबाट अस्पताल पु¥याएलगत्तै उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

सुधार केन्द्रले यातना तथा कुटपिट गरेपछि उनको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । उनका परिवारले बारा प्रहरीमा जाहेरी दिदैँ घटनाको छानबिनका लागि माग गरेका छन् ।

प्रहरीले अनुसन्धानकोलागि सुधारगृहका संचालक सहित सुधारकेन्द्रमा रहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसधन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस