२०८३ बैशाख २ गते, बुधबार १३:४५

गोतामे पत्रकारिता पुरस्कार पत्रकार बडुलाई प्रदान

पर्सा-

गोतामे पत्रकारीता स्वर्ण पदक दार्चुलाका पत्रकार मनोरथ (मनोज) बडुलाई प्रदान गरिएको छ । संविधानसभा सदस्य अनिलकुमार रुड्डटाले शुक्रवार ज्येष्ठ नागरिक पार्क लक्षमणवामा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रकार बडुलाई एकतोलाको स्वर्णपदकबाट सम्मानित गरेका थिए । पुरस्कृत बडु सुदुरपश्चिम प्रदेशको दार्चुलाबाट हाल कान्तिपुर दैनिकका संवाददाता हुन ।

कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य रुड्डटाले पत्रकारिता समाजको दर्पण भएको र यसले आवाज विहिनहरुको आवाज मुखारित गर्दै आएको बताए । प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले पत्रकार गौतमले पञ्चायतकालको प्रतिकुल अवस्थामा पञ्चायत विरोधी गतिविधी नडराएर गरेको र मोफसलबाट मुलधारको पत्रकारितामा टेवा पु¥याएको चर्चा गरे ।

उनले पत्रकार गौतमको स्मृतिमा यसअघि स्थापित पुरस्कारहरुले निरन्तरता पाउन नसकेको अवस्थामा विगत १३ वर्षदेखी प्रतिष्ठानले १० हजार राशीको पुरस्कारबाट एकतोला सुनसम्म ल्याइपु¥याएको बताए ।

पुरस्कृत व्यक्ति बडुले सुदुरपश्चिमको विकट दार्चुलाबाट पत्रकारिता गरेका आफुलाई तराईको सुविधासम्पन्न वीरगंजले सम्झेको खुशी व्यक्त गरे ।प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रहरी उपरीक्षक गौत्तम मिश्रले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष श्याम पोखरेलले स्वागत र पत्रकार खड्गबहादुर श्रेष्ठले सहजीकरण गरेका थिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस