२०८३ बैशाख २ गते, बुधबार १३:४५

शिवम इम्पोरियममा सशस्त्र प्रहरीको छापा ,अवैध रुपमा कपडा बरामद

वीरगन्ज –

आदर्शनगर स्थित शिवम इम्पोरियममा आज सशस्त्र प्रहरीले छापा मारेर अवैध रुपमा भण्डारण गरिएको कपडा बरामद गरेको छ। सीमा सुरक्षा गुल्म वीरगन्जका गुल्मपती तथा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा रहेको टोलीले सो पसलमा छापा मारेको हो।

अवैध रुपमा कपडा आयात गरी भण्डारण गरिएको सूचनाको आधारमा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले यो कार्यवाही गरेको हो। छापामारी गर्दा भारी मात्रामा अवैध कपडा बरामद गरिएको छ।

यस सम्बन्धमा विस्तृत अनुसन्धान चलिरहेको छ भने सम्बन्धित व्यक्तिहरू विरुद्ध कानुनी कार्यवाही गरिने प्रहरीले जनाएको छ। अवैध व्यापार र तस्करी विरुद्ध सशस्त्र प्रहरीको यो कार्यवाहीले स्थानीय बजारमा अनुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस