२०८३ असार २० गते, शनिबार २२:२९

वीरगन्जबाट अनलाइन जुवा खेलाउने गिरोहका नाईके पक्राउ

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नं १२, मुर्लीमा अनलाइन जुवा (सट्टाबाजी) खेलाउने गिरोहका नाईके रविशंकर ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ठाकुर भारतको बिहार राज्य, मोतिहारी जिल्लाको देवपुरका बासिन्दा हुन्।

प्रहरीले शनिवार मुर्ली स्थित एक भाडाको कोठामा छापा मार्दा ठाकुरलाई पक्राउ गरेको हो। उक्त कोठामा ल्याप्टप, कम्प्युटर, राउटर लगायतका विद्युतीय उपकरणहरू प्रयोग गरी अनलाइन जुवा खेलाइएको थियो। छापामारी गर्दा प्रहरीले विभिन्न ब्रान्डका ९ वटा ल्याप्टप, २ वटा राउटर, ६ वटा हेडफोन, ९ वटा ल्याप्टप चार्जर, ८ वटा किबोर्ड, २ वटा पेनड्राइभ, १ वटा डिभाइस, ९ वटा माउस र २ वटा क्यामरा बरामद गरेको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले यस सम्बन्धमा जानकारी दिदै पक्राउ परेका ठाकुरलाई हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको बताए। उनले अनलाइन जुवा र सट्टाबाजी विरुद्ध प्रहरीले निरन्तर कार्यवाही गरिरहेको र यस्ता अवैध गतिविधिहरू नियन्त्रण गर्न सक्ने विश्वास जनाए।

यस अवसरमा प्रहरीले अनलाइन जुवा र सट्टाबाजीजस्ता अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कानुनी कार्यवाही गर्ने चेतावनी दिएको छ। साथै, स्थानीय बासिन्दाहरूलाई पनि यस्ता गतिविधिहरूबाट टाढा रहन प्रहरीले अपील गरेको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस