२०८३ असार २० गते, शनिबार २०:५८

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ४३ विद्यार्थीलाई चिनियाँ साइकल वितरण

पर्सा —

पोखरीया नगरपालिका वडा नं ८ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज कक्षा ८ र ९ का ४३ जना विद्यार्थीहरूलाई चिनियाँ साइकल वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौहानले जानकारी दिदै कक्षा ८ का ६३ र कक्षा ९ का ५८ जना विद्यार्थीमध्ये ४३ जनालाई साइकल उपलब्ध गराइएको बताए। उनले यो अभियानले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक पहुँच बढाउने अपेक्षा गरे।

कार्यक्रममा वडा अध्यक्ष तेलीले शिक्षाको महत्व र सुविधा बढाउन स्थानीय निकायले गरेका प्रयासहरू बारे व्याख्या गरे। यसैसँगै, देवेन्द्र गुप्ता, हिरालाल मुखिया, इर्फान खातुन, राकेश साह लगायत स्थानीय नेतृत्व र अभिभावकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस