२०८३ असार २० गते, शनिबार २१:००

चुरे दोहन र वन विनाशविरुद्ध संघर्ष गर्छौँः अध्यक्ष महतो

काठमाडौं-

राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताउनु भयो । चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उहाँको भनाइ छ ।

बिस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।  विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस