२०८२ असार १७ गते, मंगलवार ०१:०१

काठमाडौं-

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताउनु भयो । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जायज कामहरुका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताउनु भयो । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरु आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिनुभयो । कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिनुभयो । उहाँले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिनुभयो । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरु ल्याउनुपर्ने बताउनु भयो ।

मन्त्री यादवले खानेपानी सेवा महशुल दरमा पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकुल गर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री यादवले मुलुक बचाउन सबै मिल्नुपर्ने बताउनु भयो । उहाँले वैशाखभित्रमा झुम्सा खोलाको पानी बुटवलमा ल्याइसक्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस