काठमाडौं-
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केबलकार निर्माणको क्रममा देखिएका समस्याहरु समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटक पटक वार्ता गरेको समेत बताउनु भयो । उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । सरकारले शान्तीपूर्ण ढंगले समस्याको समाधान गर्ने कुरालाई गम्भिरतापूर्वक लिएको उहाँको भनाइ छ ।

उहाँले हाल पाथिभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ती सुरक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो ।