२०८२ भाद्र १ गते, आईतवार ०४:१०

काठमाडौं-

कपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्दा समग्र खेलाडीमाथि अन्याय भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद विष्टले यस्तो बताउनुभएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीवार बसेको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सांसद बिष्टले अझै पनि खेलकुद सारिएको मितिमा हुने कुनै ग्यारेन्टी नभएको बताउनु भयो ।

उहाँले अब तोकिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा खेलकुद मन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस