२०८३ आश्विन २८ गते, बुधबार ०१:१८

नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिचिश्तता गर्न गृह संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको छः गृहमन्त्री लेखक

काठमाडौं-
गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्तिता गर्न कानून कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले स्रोत र साधनको सिमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको समेत बताउनु भयो । जनताले अनुभुत गर्नेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भिर भएर काम गरिरहेको उहाँको भनाइ छ । उहाँले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको समेत उल्लेख गर्नुभयो ।

उहाँले मुलुकमा सुशासन र विधिको साशन कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस