२०८२ भाद्र ६ गते, शुक्रबार ००:३७

वीरगन्ज-

पर्सा जिल्लाको वीरगन्जमा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१७ हटियाबाट २१ वर्षीय मीन बहादुर अधिकारी रहेका छन्।

फागुन १५ गते वीरगन्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चोकमा प्रहरीले विशेष सूचनाको आधारमा संयुक्त चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा भारतको सीमावर्ती सहर रक्सौलबाट वीरगन्जतर्फ पैदल आउँदै गरेका अधिकारीलाई रोकिएपछि उनको कालो ज्याकेटको खल्तीबाट ४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले बरामद सामग्रीसहित अधिकारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका अधिकारीलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिँदैछ।

प्रहरीले जारी गरेको प्रेस नोट अनुसार, बरामद सामग्रीमा ४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ रहेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस