२०८२ असार १७ गते, मंगलवार ०१:११

पर्सा- 
पर्साको कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका विद्यार्थीहरू अचानक बेहोश भएका छन।

बेहोश भएका विद्यार्थीलाई पोखरिया अस्पतालमा उपचारका लागि पठाइएको छ । विद्यालयमा पठनपाठन भइरहेको समयमा एकपछि अर्को गरी केही विद्यार्थी अचानक बेहोश भएपछि विद्यालयका शिक्षक अभिभावकहरू आत्तिएका थिए । प्रारम्भिक जानकारी अनुसार, बेहोश हुने विद्यार्थीहरूको संख्या एकदर्जन भन्दा बढी रहेको छ ।

प्राथर्ना भएपछि कक्षाकाेठा जान लाग्दा एकास्सी विद्यार्थीहरु बेहोस् हुन थालेको इप्रका पोखरीयाले जनाएको छ । बेहाेस हुनेमा कक्षा ५ देखी कक्षा ९ सम्मका विद्यार्थीहरू रहेको छ ।
विद्यालयका शिक्षकका अनुसार विद्यार्थीहरूकाे अचानक टाउको दुख्ने, कमजोरी महसुस भएर बेहोश भइ भुइँमा लड्न थालेका थिए । घटनापछि विद्यालयका शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकहरूले विद्यार्थीहरूलाई तत्काल पोखरिया अस्पताल पुर्‍याएका छन्।

बेहोश हुनुको कारणबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस