२०८३ असार २० गते, शनिबार १८:२०

ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि ३४ सङ्गठन दर्ता

वीरगन्ज –

आगामी चैत ५ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा ३४ वटा विद्यार्थी सङ्गठनले दर्ता गरेका छन्। यस निर्वाचनका लागि आज सोमबार सङ्गठन दर्ताको कार्यक्रम सम्पन्न भएको हो।

निर्वाचन समितिका अनुसार, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) निकट समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत पार्टी निकट विद्यार्थी जनमत सङ्घ लगायतका राजनीतिक दल आबद्ध सङ्गठनहरूले दर्ता गरेका छन्।

साथै, सुधीर पटेल समूह, जय नेपाल तरुण युवा विद्यार्थी समूह, अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाली काँग्रेस विद्यार्थी समूह, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, स्वतन्त्र युवा समूह, स्वतन्त्र नेपाल विद्यार्थी समूह, ठाकुरराम विद्यार्थी समूह, भोट फोर चेन्ज स्वतन्त्र विद्यार्थी युनियन, सेवा विद्यार्थी समूह नेपाल, राष्ट्रिय विद्यार्थी सङ्घ, शुभम् समूह, राष्ट्रिय बजरङ्ग दल युवा समूह, पर्सा विद्यार्थी युनियन, नयाँ शक्ति विद्यार्थी युनियन, विशाल कुमार समूह, इन्तेलीजेन्ट विद्यार्थी युनियन, नेपाल विद्यार्थी समूह, प्राज्ञिक विद्यार्थी परिषद्, राघव पटेल समूह, जय विद्यार्थी समूह, दिलीपराज महतो समूह, मुस्कान महिला समाज, नेपाल विद्यार्थी कल्याण सङ्घ, विकास समूह र चेन्ज द सिस्टम समूहले पनि सङ्गठन दर्ता गरेका छन्।

निर्वाचन समिति सदस्य मुक्त राज भुसाल यी सबै सङ्गठनहरूले निर्वाचन आयोगमा दर्ता गरेको जानकारी दिएका छन्।

त्रिभुवन विश्वविद्यालयले गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तालिका अनुसार वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पससहित देशभर रहेका त्रिविको आङ्गिक क्याम्पसहरूमा सङ्घरसङ्गठन दर्ता सम्पन्न भएको छ।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी सङ्गठनहरूले आफ्नो प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ। निर्वाचन समितिले निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउने बताएको छ।

आगामी चैत ५ गतेको निर्वाचनमा विद्यार्थीहरूले आफ्नो प्रतिनिधि छनौट गर्नेछन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस