काठमाडौं-
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकतावद्ध भएर सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नैतिक, मूल्य,मान्यता र सदाचार सभ्य समाजको मेरुदण्ड भएको बताउनु भयो । उहाँले समृद्धि र दिगो विकासका लागि वित्तीय सफलताका साथै नैतिकता, समानता र सेवाभावको कार्य गर्नुपर्ने बताउनु भयो । भावि पुस्तालाई सकारात्मक परिवर्तनका लािग परिलक्षित संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा एकतावद्ध हुनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार क्रमशः प्राध्यापक डा. विद्यानाथ उपाध्याय भट्ट र पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई समर्पण गरिएको थियो ।












