२०८३ मंसिर ११ गते, शुक्रबार ९:३३

बाग्मतिलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा

वीरगन्ज-

दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको तेस्रो खेलमा बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

आर्दशनगर रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।सुरु देखि दुबै टिम बिच प्रतिस्पर्धा देखिएको खेलमा पुलिस क्लबले बाग्मतिको पोष्टमा निरन्तर बल प्रहार गरीरह्यो ।

प्लिसले खेलको १६ औ मिनेटमा आफ्नो पहिलो गोल गरेर अग्रता बनाएको थियो । पुलिसका लागी मनिष सेढाईले पहिलो गोल गरे ।पुलिसले पहिलो गोल गरेको १० मिनेट पछि खेलको २६ औ मिनेटमा बाग्मतिले पनि आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरमिा पुर्याएको थियो ।त्यसपछि निरन्तर दुबै टिमको खेलाडीमा रोमान्चक प्रतिस्पर्धा हुन थालेको थियो । पहिलो हाफ सम्ममा एक एक गोलको बराबरीमा दुबै टिमले खेलेका थिए ।

खेलमा आफ्नो पहिलो जितको खोजीमा रहेका दुबै टिमले झन आक्रमक भएर खेल्न थालेका थिए । तर दोस्रो हाफको आधा समय बितिसक्दा बाग्मति बिरुद्ध पुलिस आफ्नो दोस्रो गोल गर्यो ।खेलको ७७ औ मिनेटमा पुलिसका खेलाडी उज्जवल राईले गोल गरेका थिए । उनले नै गरेको गोल अन्तत निर्णायक साबित भयो । खेलमा म्यान आफ दि म्याच नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी भएका थिए । उनले नगद १० हजार सहित शिल्ड पनि प्राप्त गरेका थिए ।

मंगलबारको खेलमा मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंले प्रतिस्पर्धा गर्नेछन ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस