२०८२ असार १७ गते, मंगलवार १२:०८

काठमाडौं-

अमेरिकाले युक्रेनलाई दिदैँ आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले उल्लेख गरेको छ ।

यसक्रममा युक्रेनलाई यस अघि दिने भनिएका र युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक समस्याहरू समाधान गर्न’ फेरि निम्तो दिएमा आफू भेट्न तयार रहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

युक्रेनको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार लन्डनमा आयोजना गरेको युरोपेली देशहरूको भेलापछि बोल्दै उनले अमेरिकासँग सम्बन्धको अहिलेको अवस्था सुध्रिने विश्वास पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस