२०८३ असार २० गते, शनिबार १९:४८

मन्त्रीहरु अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित बन्योः सञ्चारमन्त्री गुरुङ

काठमाडौं—

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रीहरु अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित भएको बताउनुभएको छ ।

मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीपिच्छे नै आफूअनुकुलको नियमावली बनाउने रोग भएको कारण कानून कार्यान्वयन प्रभावित भएको बताउनु भयो । कानूनलाई समयानुकुल परिवर्तन गर्न र प्रभावकारी कार्यान्वयनको लागि नियमावलीमा खेल्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च न्युन रहेको उल्लेख गर्दै खर्च बढाउन निर्देशन दिनुभयो । उहाँले प्राधिकरणको प्रशासनिक कमजोरी धेरै भएका कारण समस्या भएको उल्लेख गर्दै यसमा सुधार गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस