२०८३ असार २० गते, शनिबार १५:५४

अमेरिकाबाट १० नेपाली अवैध आप्रवासी निष्कासित, चार्टर विमानबाट नेपाल पठाउने

काठमाडौँ – 

आधिकारिकताबिना बसोबास गर्दै आएका १० नेपालीलाई आज अमेरिकाले विमान चार्टड गरेर नेपाल पठाउने भएको छ।

कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निकाल्दै आएको छ।

डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ। अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ।

चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आउनेछ।

ट्रम्प प्रशासनले यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस