२०८३ असार २० गते, शनिबार १९:४७

माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं-
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताउनु भयो । उहाँले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताउनु भयो । उहाँले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताउनु भयो ।

शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको जिकिर गर्नुभयो । उहाँले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? भन्दै प्रश्न गर्नुभयो । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो की होइन ? भन्दै प्रश्न गर्नुभयो । मओवादी केन्द्र नाम राखेको भएपनि माओवाद सही हो भनेर भन्न नसकेको बताउनु भयो । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बनेपनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताउनु भयो । क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद भएको बताउनु भयो ।

मन्त्री गुरुङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताउनु भयो । माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर गर्नुभयो । माओवाद मानिरहने शक्तिले संसदीय प्रणालीमा भाग लिनेकुरा नैतिक सिद्धान्तअनुसार नहुने बताउनु भयो । माओवादीको जनयुद्धको पाप धुरीबाट कराइरहेको टिप्पणी गर्नुभयो । मुलुकलाई सभ्य बनाउन असभ्य कुराहरुको नियमन जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस