२०८३ असार २० गते, शनिबार १८:२०

नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकपको फाईनलमा

वीरगन्ज-

साविक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगन्ज युनाईटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो ।

आर्दशनगर रंगशालामा जारी खेलमा खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो ।
टाईब्रेकरमा पुलिसका लागी उज्जवल राई ,रामचन्द्र वाजी ,संजीव लामा ,अमित टामाटा,विवेक पाण्डेले हानेका थिए । जसमा राईले पोल बाहिर र लामाले हानेको बल किपरले रोकेका थिए ।

त्यसपछि सडेनडेथमा पुलिसका शिशिर चौधरी , निरज खड्का ,प्रज्जवल चौधरी र सुनिल तामाङ्गले गोल गरेका थिए ।
टाईब्रेकरमा वीरगन्जका आशा गुरुङ्ग, सनतबहादुर गुरुङ्ग ,सिशस थापा ,बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए । जसमा सन्तबहादुरले हानेको बल किपरले रोके भने बल्टोरले हानेको बल पोलमा लडेको थियो ।

त्यसपश्चात सडेनडेथमा वीरगन्ज अजित चौधरी ,ब्रिकम ठाकुर ,प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए । जसमा विवेकले पोष्ट बाहिर हानेको हुन । खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भएका थिए ।

उनले नगद १० हजार र शिल्ड पनि पाएका थिए । बिहिबार हुने दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिरहा भिड्ने छन । मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस