२०८३ जेष्ठ १६ गते, शनिबार १६:४७

धनुषाको बजारमा छयापछयप्ती नक्कली सुर्या र खुकुरी चुरोट,राजस्व तथा भन्सार कार्यालयको मिलोमतो

जनकपुरधाम-

जनकपुरधाम लगायत धनुषाको बजारमा नक्कली चुरोटको विक्री वितरण बढेकोले बुधबार धनुषाको प्रमुख बजारमा अनुगमन गरिएको छ ।

भारतबाट अवैध तरिकाले भित्रीएका सुर्या नेपालको खुकुरी चुरोटको नक्कली चुरोटको बट्टाहरु बजारमा अनुगमनको क्रममा भेटिएको छ । सुर्या नेपालको प्रतिनिधी,प्रहरी,पत्रकार लगायतको टिमले धनुषाको विभिन्न ठाउमा अनुगमन गर्दा सयौको संख्यामा खुकुरी चुरोटको नक्कली पेकेटहरु बरामद गरिएको छ ।

धनुषाको धनौजी गाउपालिकास्थित बहुअर्वामा करण अर्जुन किराना पसलबाट दस पेकेट,मिथिला विहारी नगरपालिकाको विभिन्न किरानाबाट सयौ चुरोटका बट्टाहरु खुलेआम विक्री वितरण भइरहेको पाइएको छ ।

खुकुरी चुरोट जस्तै ठयाक्कै कपी गरिएको नक्कली चुरोटको बटटामा गोल्ड स्टेप टोवाको प्राइभेट लिमिटेडको नाम लेखिएको छ भने उक्त कम्पनीको चुरोट पाँचरुपैयामा विक्री वितरण हुदै आएको देखिएको छ । जवकि सुर्या टोवाले उत्पादन गरेको खुकुरी चुरोट दस रुपैया प्रति खिल्ली विक्री वितरण हुदै आएको छ ।

राजस्व तथा भन्सार कार्यालय धनुषाको मिलोमतोका कारण अवैध धन्दा बढ्दै गएको आरोप लगाइएको छ। नेपाल प्रहरी र सुर्या टोबाकोको संयुक्त टोलीको अनुगमन गर्दा नक्कली चुरोट बिक्रि भैरहेको पाईएको छ । नक्कली चुरोट बिक्रि बितरण नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको धनुषाको प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।

राजस्व कार्यालय जनकपुर, भन्सार कार्यालय धनुषा र शसत्र प्रहरीको सेटिंगका कारण नक्कली चुरोटको कारोबार बढेको ब्यापारीहरुको आरोप छ ।

सुर्या टोवाकोका कम्पनी प्रतिनिधीका अनुसार खुकुरी चुरोटको नक्कली बट्टाहरु भारतबाट उत्पादन भई चोरबाटो भएर नेपालमा प्रवेस गरि मधेशका पसलहरु पुरयाईदैआएको अवस्था छ भने यस विषयमा विभिन्न पसलमा पटक पटक अनुगमन गरि नक्कली चुरोट बेचे कानुनी कारवाहीमा जाने भनेर चेतावनी दिएपनि विक्री वितरण नरोकिएको बताए । उनले भारतबाट खुलेआम खुकुरी फिल्टर प्रवेस गराएर सरकारको करोडौ राजश्वको क्षति गराएपनि सम्वन्धित निकाय मौन रहेको बताए ।

यता बुधबार अनुगमनबाट प्राप्त नक्कली चुरोटहरुलाई प्रहरीको जिम्मा लगाईएको छ भने नक्कली चुरोटहरुलाई नष्ट गरिने बताइएको छ ।

नक्कली र सक्कली चुरोटका सम्बन्धमा सूर्य नेपाल प्रालिका जनकपुरधाम क्षेत्रका एरिया म्यानेजर रुपेश कार्कीले सक्कलीमा गाढा रातो रङको डिब्बा छ भने नक्कलीमा कम रातो छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस