२०८२ असार १७ गते, मंगलवार ११:५९

पर्सा-

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी २०८१ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टी सम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजयी बनाउन विशेष टास्क फोर्स गठन गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको छ। यस टास्क फोर्सले निर्वाचन परिचालनको जिम्मेवारी पाएको छ।

टास्क फोर्समा पार्टीका सचिव शैलेन्द्र साह र सुरेशकुमार मण्डल, कोषाध्यक्ष सुरीता साह, केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव, विदेश्वर यादव, कृष्णशंकर साह, अशोककुमार यादव, रमेश महतो, डा. बबी सिंह, रमेशकुमार यादव, अम्बिका काफ्ले, श्याम यादव र कमन देवान रहेका छन्।

यसैगरी, पार्टीले केन्द्रीय नेताहरूलाई जिल्लास्तरीय स्ववियु निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ। मोरङमा जयराम यादव, सुनसरीमा दिनेशकुमार मेहता, ताजुब लिम्बू र सबिता यादव, उदयपुरमा राहुल यादव, सप्तरीमा शैलेन्द्र साह, सिराहामा अशेश्वर यादव, धनुषामा जितेन्द्रकुमार यादव, महोत्तरीमा डा. सुरेन्द्रकुमार यादव, सर्लाहीमा रनधिर यादव, रौतहटमा योगेन्द्र राय यादव र पूजा चौधरीलाई जिम्मेवारी दिइएको छ।

नवलपरासीमा रामबचन यादव र धरेन्द्र यादव, पर्सामा लालबाबु राउत, रुपन्देहीमा रामअवतार यादव, सावित्रा विक र सियाराम यादव, कपिलवस्तुमा सुदिप पौडेल र शैलेन्द्र यादव, काठमाडौँ उपत्यकामा रेखा यादव, लीलादेवी सिटौला, लक्ष्मण हुमागाई, सन्तोष सिलवाल, दीपक दोर्जे लामा, ज्ञानु लामा र सुनी लामाले जिम्मेवारी पाएका छन्।

त्यस्तै, चितवन र मकवानपुरमा विद्युत बज्राचार्य, तारा विश्वकर्मा र मेजरमान मोक्तान, पाँचथरमा राजेन्द्रकुमार जबेगू, झापामा कमन देवान याक्खा र कास्कीमा मनबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ।

जसपाले यस निर्वाचनमा पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई विजयी बनाउन पूर्ण तयारी गरेको छ। पार्टीका नेताहरूले यस निर्वाचनलाई पार्टीको विचारधारा र नीतिहरू विद्यार्थी समुदायमा पु¥याउने रणनीतिक अवसरको रूपमा लिएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस