२०८२ असार १७ गते, मंगलवार ११:१६

वीरगन्ज-

वीरगन्ज समाज सेवा द्वारा आयोजित ४४ औं हप्ताको निशुल्क भोजन कार्यक्रम आज नारायणी अस्पतालको प्राङ्गणमा सम्पन्न भएको छ। यो कार्यक्रम प्रत्येक शनिबार बिहान १० बजे देखि निरन्तरता दिइँदै आएको छ, जसमा गरिब, बिरामी, असहाय र कुरुवाहरूलाई स्वच्छ र पौष्टिक खाना उपलब्ध गराइन्छ।

आजको कार्यक्रमको प्रमुख अतिथि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र विशिष्ट अतिथिहरूमा सहायक जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवनबहादुर रायमाझी, नारायणी अस्पतालका प्रशासन प्रमुख डा. उदय नारायण सिंह, संचारकर्मी अभिलाष गुप्ता, निराजन साह, राज सराफ लगायतका व्यक्तिहरू उपस्थित थिए।

आजको निशुल्क भोजनमा स्वादिष्ट दाल, भात, पनीर र आलु मिक्स तरकारी, अचार रहेको थियो। यस कार्यक्रममा प्रतिहप्ता ४५० देखि ५०० जनाले भोजन गर्ने गरेको वीरगन्ज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिए। उनले भने, “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो। यस्तो सेवा गर्न चाहनेहरूले हामीसँग मिलेर काम गर्न सक्नुहुन्छ।”

वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले यो कार्यलाई निरन्तरता दिँदै आएकोमा खुशी व्यक्त गर्दै भने, “यो पुण्यको कार्य हो। यस्तो कार्यमा सबैले मनले सहयोग गर्नुपर्छ।” उनले थप भने, “आज हामी साथीभाइ मिलेर यस्तो पुण्यको कार्य गर्न पाएकोमा धेरै खुशी छु।”

सचिव प्रकाश बाहेतिले गरिब, निमुखा, बिरामी, कुरुवा र असहायहरूलाई खाना खुवाउन पाएकोमा गहिरो खुशी व्यक्त गरे। उनले भने, “अब आउने दिनहरूमा पनि म संग जति सहयोग हुन्छ, त्यति गर्ने छु। यस सामाजिक कार्यका लागि सबैले आफ्नो तन, मन र धनले सहयोग गर्नुपर्छ।”

यस कार्यक्रममा उपस्थित र सहयोग गर्नेहरूमा अध्यक्ष अशोक कुमार गुप्ता, उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष बिनोद सराफ, सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, राजेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, निसान्त लाठ, देवव्रत आर्या, राम बाबू, राधेश्याम गुप्ता, समाजसेवी राजेन्द्र भट्टराई एवम् संचारकर्मी अभिलाष कुमार गुप्ता लगायतका रहेका छन्।

वीरगन्ज समाज सेवाले यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने र समाजका गरिब र असहाय वर्गलाई सहयोग पुगाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस