वीरगन्ज-
वीरगन्जको सेस्मी स्कूलले आज विज्ञान प्रदर्शनी र खाजा महोत्सवको आयोजना गरेको छ। यस कार्यक्रममा विद्यालयका कक्षा ४ देखि ८ सम्मका करीब २००विद्यार्थीहरूले विज्ञान सम्बन्धी विभिन्न कलात्मक प्रस्तुति दिएका छन्। साथै, तराई मधेशमा पकाइने विभिन्न परिकारहरू बनाई प्रदर्शनीमा आएका अभिभावकहरूलाई बिक्री गरिएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको वैज्ञानिक सोच र रचनात्मकता बढाउनु र साथै तराई मधेशको परम्परागत खानपान संस्कृतिलाई प्रदर्शन गर्नु रहेको डाईरेक्टर मनोज यादवले बताए । विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगहरू, मोडेलहरू र आविष्कारहरू प्रस्तुत गरेका थिए। यसले विद्यार्थीहरूको वैज्ञानिक ज्ञान र प्रतिभालाई उजागर गरेको उनले थपे ।

खाजा महोत्सवमा विद्यार्थीहरूले आफ्ना अभिभावकहरूका लागि तराई मधेशको परम्परागत खानपान जस्तै माछा, पिठा, चनाभुजा, सलाद , खाजा, पुरी, चटनी लगायतका व्यंजनहरू बनाएर प्रदर्शन गरेका थिए। यसले विद्यार्थीहरूको पाककला क्षमता र सांस्कृतिक ज्ञानलाई पनि उजागर गरेको छ।
विद्यालयका प्रधानाध्यापकले यस कार्यक्रमलाई विद्यार्थीहरूको सृजनात्मकता र सामूहिक सहकार्यको उत्कृष्ट उदाहरण बताउँदै भने, “यसले विद्यार्थीहरूको आत्मविश्वास बढाउन मद्दत गरेको छ। साथै, विज्ञान र संस्कृतिको संयोजनले विद्यार्थीहरूलाई नयाँ अनुभव दिएको छ।”
यस कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, शिक्षकहरू र स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालयले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको सामाजिक, सांस्कृतिक र वैज्ञानिक ज्ञान बढाउने प्रतिबद्धता जनाएको छ।