वीरगन्ज-
मुर्ली टोलस्थित सगरमाथा माध्यमिक विद्यालयले आज आफ्नो ९औं वार्षिकोत्सव र पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा कक्षा पिजी देखि १० सम्मका ३५० जना विद्यार्थीहरूलाई विभिन्न श्रेणीमा पुरस्कार वितरण गरिएको छ।
कार्यक्रमका सभापति विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ता, प्रमुख अतिथि हरि राउत (शिक्षा विकास तथा समन्वय इकाई, पर्साका प्रमुख) र विशिष्ट अतिथि रामबिनय चौरसिया (नेसनल प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष), शुशिल भट्टराई (नेसनल प्याब्सनका केन्द्रिय सचिव), नागर सचिव शेख अजहर लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरू उपस्थित थिए।

यस अवसरमा विद्यार्थीहरूले शैक्षिक, सांस्कृतिक र खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेकोमा पुरस्कृत गरिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रमुख अतिथि हरि राउतले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनलाई सराहना गर्दै भने, “शिक्षा नै समाजको विकासको मूल आधार हो। विद्यार्थीहरूले शिक्षाको साथै नैतिकता र अनुशासनलाई पनि महत्व दिनुपर्छ।”
विशिष्ट अतिथि रामबिनय चौरसियाले विद्यालयले गरेको यस्तो सफल आयोजनालाई सराहना गर्दै भने, “विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास बढाउन मद्दत गर्छ।”
कार्यक्रमका संयोजक संजीव यादवले यस आयोजनालाई सफल बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे। उनले भने, “यस कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा र मेहनतलाई मान्यता दिने मंचको रूपमा काम गरेको छ।”
यस कार्यक्रममा विद्यालयका शिक्षकहरू सनी दुबे, अनिल सर, सौकत अली, राजेन्द्र सर, बसन्त चौधरी, नारायण , सन्तोष गुप्ता लगायत अन्य शिक्षक, शिक्षिकाहरूको सक्रिय भूमिका रहेको थियो।
सगरमाथा माध्यमिक विद्यालयले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको सर्वांगीण विकास गर्ने र उनीहरूलाई प्रोत्साहन दिने प्रतिबद्धता जनाएको छ।