२०८२ पुष २७ गते, आईतवार २३:५३

प्रथम बैधनाथ यादव मेमोरियल नेशनल फुल कन्ट्याक्ट प्रतियोगिता सफलतापूर्वक सम्पन्न

परवानीपुर-

गा. वि. स. (३) लिपनिमाल हबीब मार्केटमा शनिवार शन्जु साहको प्रमुख आतिथ्यमा स्वर्गीय खेलाडी बैधनाथ यादवको स्मृतिमा आयोजित प्रथम बैधनाथ यादव मेमोरियल नेशनल फुल कन्ट्याक्ट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो। यो प्रतियोगिता खेलप्रेमीहरूका लागि मात्र नभई स्वर्गीय यादवको योगदानलाई सम्मान गर्ने एउटा अवसर पनि बन्यो।

देशभरबाट प्रतिभाशाली खेलाडीहरूको सहभागिता रह्यो, जसले आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै खेल क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने प्रेरणा दिए। प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई उत्प्रेरित गर्ने, खेल भावना अभिवृद्धि गर्ने र आत्मरक्षा प्रवर्द्धन गर्ने रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि शन्जु साहले आफ्नो धारणा राख्दै भने, “स्थानीय तहले पनि यस्ता खेलकुद तथा विभिन्न व्यक्तित्वको स्मृतिमा गराइने विभिन्न गतिविधिहरूको लागि आवश्यक बजेट राख्नुपर्छ। यसले समाजमा आफ्नो योगदान दिएका तथा व्यक्तित्वहरूको स्मृतिमा विभिन्न रचनात्मक कार्यक्रमहरू गरी समाजमा उनीहरूले गरेको योगदानलाई आउने पुस्तासम्म पुर्याउन सजिलो हुनेछ।”

हाम्रो तर्फबाट सबै विजेता, सहभागी खेलाडीहरू र आयोजक टोलीलाई हार्दिक बधाई छ। तपाईंहरूको अथक परिश्रम र समर्पणकै कारण यो प्रतियोगिता सफल हुन सकेको धारणा व्यक्त गर्दछौं।

यस कार्यक्रमका आयोजक भिखारी साह ज्यू, सहभागी पूर्व वार्ड अध्यक्ष समाज सेवी हबीब मिया, नेपाली कांग्रेस बारा जिल्ला सदस्य दिनेश साहज्यू, जसपा नेपाल युवा नेता आनन्द यादव, क्षेत्रीय सचिव ओम बाबु यादव, जसपा नेपालका नेत्री शारदा यादव, चैनपुरका वार्ड सदस्य राजदेव पटेल ज्यू, रूस्तम हुसैन ज्यू, कार्यपालिका सदस्य महंत राम ज्यू, स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेंदर पटेलज्यू, उपाध्यक्ष उमेश साह ज्यू, सरोज यादव ज्यू, संदिप यादव ज्यू, आनंद पटेलज्यू, प्रमोद यादवज्यू, कृष्णा साहज्यू लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गर्न चाहन्छु।

स्वर्गीय बैधनाथ यादव जीको सपना साकार गर्ने यो पहिलो पाइला मात्र हो। आगामी दिनमा यस प्रतियोगितालाई अझ भव्य बनाउँदै लैजाने सथानियले बताएका छन् ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस