२०८२ भाद्र १ गते, आईतवार २२:३९

काठमाडौँ-

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किंदा राजावादीहरूले भव्य स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा र राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका हुन्।

राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ।

पोखराबाट काठमाडौँ फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो। आइतबार विहानैदेखि काठमाडौंका मूख्य गल्ली र चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा अंगलाई परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिएको जानकारी अनुसार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौँ आउँदैछन्। उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन्। खासगरी दूर्गा प्रसाईको समूहले गणतन्त्रमाथि धावा बोल्न थालेपछि राजावादी समूह बढी नै अराजक र उत्तेजित भएको सुरक्षाकर्मीहरुको विश्लेषण छ।

नेपाल प्रहरीबाहेक नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका टोली पनि सुरक्षा व्यवस्थाका निम्ति परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँको स्रोतले जनाएको छ। ‘जिल्ला सुरक्षा समितिको क्षेत्राधिकारभित्र पर्ने चार वटै सुरक्षा संयन्त्र परिचालन हुन्छ’, गृहमन्त्रालय स्रोतले भन्

नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका हुन् ।राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ।

पोखराबाट काठमाडौँ फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो। आइतबार विहानैदेखि काठमाडौंका मूख्य गल्ली र चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा अंगलाई परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिएको जानकारी अनुसार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौँ आउँदैछन्। उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन्। खासगरी दूर्गा प्रसाईको समूहले गणतन्त्रमाथि धावा बोल्न थालेपछि राजावादी समूह बढी नै अराजक र उत्तेजित भएको सुरक्षाकर्मीहरुको विश्लेषण छ।

नेपाल प्रहरीबाहेक नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका टोली पनि सुरक्षा व्यवस्थाका निम्ति परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँको स्रोतले जनाएको छ। ‘जिल्ला सुरक्षा समितिको क्षेत्राधिकारभित्र पर्ने चार वटै सुरक्षा संयन्त्र परिचालन हुन्छ’, गृहमन्त्रालय स्रोतले भन्यो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस