२०८२ पुष २८ गते, सोमबार ०६:३३

गौरमा सांसद अमरेशकुमार सिंहको पुतला दहन, माफी माग्न माग 

रौतहट-

रौतहटको सदरमुकाम गौरमा संघीय सांसद अमरेशकुमार सिंहको पुतला दहन गरी प्रदर्शन गरिएको छ। सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनका समर्थकहरूले गौर नगरपालिकाका पदाधिकारीहरूसँग मिलेर विपी चौकमा पुतला दहन गरेका हुन्।

प्रदर्शनकारीहरूले ब्यानर र प्लेकार्ड बोकेर सांसद सिंहको पुतला दहन गर्दै उनलाई गौरवासीसँग तत्काल माफी माग्न चेतावनी दिएका छन्। उनीहरूले सांसद सिंहले माफी नमागेमा उनविरुद्ध कानुनी कारवाही गर्ने धम्की पनि दिएका छन्।

नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरू, वडा सदस्य तथा स्थानीय नागरिकहरूले ‘सांसद सिंह मुर्दावाद’, ‘भगौडा सांसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग’ भन्दै नाराबाजी गरेका थिए।

सांसद सिंहले सदनमा दिएको बक्तव्यले गौर नगरपालिकाका नागरिकहरूमा रोष पैदा गरेको छ। प्रदर्शनकारीहरूले सांसदले आफ्नो गैरजिम्मेवारीपूर्ण बक्तव्य फिर्ता लिनुपर्छ भन्दै उनीहरूको आक्रोश व्यक्त गरेका छन्।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस