२०८२ असार १७ गते, मंगलवार ०१:१३

काठमाडौं-

लामो पोखरा बसाइपछि आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरुले नाराबाजीसहित भव्य स्वागत गरेका छन्। समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गरेपछि विमानस्थल परिसरमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो।

पूर्वराजा शाह आइतबार अपराह्न चार्टर्ड उडानमार्फत पोखराबाट काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत गर्न राप्रपा नेपालका नेता कमल थापासहित उनका समर्थकहरु विमानस्थल पुगेका थिए।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी तीव्र बनेपछि सुरक्षाकर्मी र समर्थकबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन विमानस्थल सुरक्षाकर्मीहरु सक्रिय बनेका थिए।

पूर्वराजा शाहको स्वागतका लागि समर्थकहरुको ठूलो भीड जम्मा भएको थियो। उनीहरुले “राजा आऊ देश बचाऊ”, “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ” जस्ता नारा लगाएका थिए।

यस घटनाले विमानस्थल क्षेत्रमा केही समयका लागि असहज स्थिति उत्पन्न गराएको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस