२०८२ श्रावण २९ गते, बिहीबार १३:१३

वीरगन्ज –

जिल्ला प्रशासन कार्यालय पर्सा अन्तर्गत वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्व.व.यु) को निर्वाचनको लागि आज सर्वदलीय बैठक सम्पन्न भयो। बैठकमा विद्यार्थी नेता श्याम गुप्ताले आफ्नो मन्तव्य राख्दै गत १६ बर्षदेखि यसै प्रक्रिया दोहोरिँदै आएको र चुनाव भाडिँदै आएको बताए।

गुप्ताले भने, “गत १६ बर्षदेखि यहाँ चुनाव प्रक्रियामा गल्ती हुँदै आएको छ। यसको मुख्य कारण स्थानीय प्रशासन पनि हो। यसबर्ष त्यस गल्तीलाई सुधार गर्दै चुनावलाई सफल बनाउन हामी अनुरोध गर्दछौं।”

उनले स्थानीय प्रशासनले चुनाव प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्ने बताउँदै विद्यार्थीहरूको अधिकार र आवाजलाई प्राथमिकता दिन आग्रह गरे।

बैठकमा क्याम्पस प्रशासन, विद्यार्थी प्रतिनिधिहरू र स्थानीय प्रशासनका अधिकारीहरू उपस्थित थिए। यसबर्षको चुनावलाई सफल बनाउने साझा प्रतिबद्धता जाहेर गरिएको छ।

स्थानीय प्रशासनले पनि चुनाव प्रक्रियामा सुधार गर्ने र पारदर्शिता कायम गर्ने बाचा दिएको छ। विद्यार्थीहरूले यसबर्षको चुनावलाई ऐतिहासिक बनाउने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस