२०८३ बैशाख २ गते, बुधबार ०८:२६

सिरियाली सेनाका मिसाइल र हतियार जफत गरेको इजरायली सेनाको दाबी

काठमान्डौँ- 

इजरायली सेनाले सिरियामा गत हप्ता छापा मारेको र सिरियाली सेनासँग सम्बन्धित मिसाइल र हतियारहरू जफत गरेको बताएको छ । इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, इजरायली सेनाको कारबाही जारी छ र सिरियाका रणनीतिक बिन्दुहरूमा तैनाथ छन् ।

सेनाहरूले राइफल, गोला बारुद, मिसाइल र थप सैन्य उपकरणहरूसहित असंख्य हतियारहरू फेला पारेको छ । इजरायलले १९६७ को मध्य पूर्व युद्धमा गोलान हाइट्सका केही भागहरू कब्जा गरेको थियो । पछि १९८१ मा उक्त क्षेत्रलाई आफ्नो कब्जामा लियो ।

जुन कदमलाई धेरैजसो अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएनन् । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले आफ्नो समूह, हयात तहरीर अल–शाम र अन्य मिलिशियाको नेतृत्वमा डिसेम्बर ८, २०२४ मा बसर अल–असदलाई हटाउन लगाएदेखि इजरायलले १९७४ मा रणनीतिक गोलान हाइट्समा स्थापित संयुक्त राष्ट्र संघ–निगरानी बफर जोनमा सेना तैनाथ गरेको छ ।

त्यसपछि इजरायली सेनाले सिरियाली–नियन्त्रित गोलान हाइट्सका केही भागहरू र माउण्ट हर्मोनको चुचुरोसहित सिरियामा थप रणनीतिक बिन्दुहरू कब्जा गरेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस