२०८२ पुष ५ गते, शनिबार १४:३३

सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा

काठमान्डौँ-

राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ ।

सोमवार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले यसबारे जानकारी गराएको हो । आयोगले सार्वजनिक निकायहरुमा सूचनाको हकको कार्यान्वयन अवस्थाको परीक्षणलाई थप प्रभावकारी तथा व्यवस्थित गर्नको लागि सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले आागमी २०८२ साल वैशाख २२ गते मनाइने राष्ट्रिय सूचना आयोग स्थापना दिवसको लागि विभिन्न तयारी समितिहरु गठन भइ काम भइरहेको बताउनु भयो । उहाँले आयोगले पछिल्लो तीन महिनाको अवधिमा राजनीतिक दलका नेता एवं सूचन अधिकारीहरु र उच्च अदालत पाटनका न्यायाधीशहरुसँगको संवाद काठमाडौंमा सम्पन्न गरेको जानकारी दिनुभयो ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघमार्फत हेटौँडामा राष्ट्रियस्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बताउनु भयो । सूचना अभियन्ता र सूचना पाउन नसकेका व्यक्तिबाट आएका पुनरावेदनहरुको सुनुवाई अन्तर्गत तीन महिनामा २० वटा इजलास बसी ४ सय ८३ सुनुवाई भएको बताउनु भयो । सार्वजनिक निकायहरुमा सूचना प्रवाह गर्ने प्रवृत्तिमा आम रुपमा समस्या रहेको बताउनु भयो । उहाँले सूचना अभियन्ताहरु बढी बैंकिङ, कर कार्यालयहरुमा बढी केन्द्रित रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय पुनरावेदन दर्ताको प्रक्रियाबारे उठेका जिज्ञासा समेतलाई सम्बोधन गर्दै पुनरावेदन प्रक्रियालाई सरल बनाउन पुनरावेदन कार्यविधिमा संशोधन प्रक्रिया थालिएको बताउनु भयो ।

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

पोडकास्ट सुन्नुहोस