काठमान्डौँ-
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको दाबी गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले ८६ प्रतिशत रोजगारको सिर्जना निजी क्षेत्रले गरेको जिकिर गर्नुभयो ।
सरकारले उद्योग व्यवसायीहरुले निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने र रोजगारी सिर्जना हुने उहाँको भनाइ छ । अध्यक्ष ढकालले उद्योग व्यवसाय बढाउन सकिने वातावरण निर्माण गर्नसके रोजगारी वढाउन सकिने र सोचे जस्तै पारिश्रमिक र सुविधा व्यवस्था गर्न सकिने बताउनु भयो ।