२०८२ असार १७ गते, मंगलवार ००:५५

काठमान्डौँ- 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गर्नुभयो ।

उहाँले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने बताउनु भयो । उहाँले विद्यालय भनेकै खेलकुद रहेको बताउँदै खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बतउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस