२०८२ असार १७ गते, मंगलवार ११:३४

काठमान्डौँ-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राजावादीहरुको प्रदर्शनले मन, मुटु हल्लिएको हो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’ अध्यक्ष दाहालले यसको जिम्मवारी सरकारले लिनुपर्ने पनि बताउनु भयो । उहाँले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताउनु भयो । उहाँले राजावादीहरुको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरु सल्लाह गरिरहेको जवाफ दिनुभयो ।

अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायि नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरुले लिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस