२०८२ पुष २७ गते, आईतवार १२:३१

टर्किएमा उच्च गतिको रेल निर्माण स्थलमा ढुङ्गा खस्दा कामदारको मृत्यु

काठमान्डौँ-

टर्किएको मध्य कायसेरी प्रान्तको कोकासिनान जिल्लामा रहेको उच्च गतिको रेल निर्माण स्थलमा ढुङ्गा खस्दा एक कामदारको मृत्यु भएको छ भने अर्का एक घाइते भएको प्रान्तीय गभर्नर गोकमेन सिसेकले बताउनुभएको छ । सिसेका अनुसार दुर्घटनाको समयमा सात कामदारहरू उपस्थित थिए ।

एउटा उत्खनन यन्त्र घटनास्थलमा सञ्चालन भइरहेको थियो । माथिबाट ठूला ढुङ्गाहरू खस्दा पाँच कामदारहरू भाग्न सफल भए भने एक जनालाई सिधै ठोक्किएर मृत्यु भएको गभर्नरले बताउनु भयो । उनले अर्को घाइते कामदारलाई अस्पताल लगिएको उल्लेख गर्नुभयो । घटनापछि अधिकारीहरूले आवश्यक सावधानी अपनाएका छन् ।

विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण सहयोगको लागि तुरुन्तै आइपुगेको उल्लेख गर्दै उहाँले यस्तै दुर्घटनाहरू रोक्न थप सुरक्षा उपायहरू लागू गरिने आश्वासन दिनुभएको छ ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस