२०८२ पुष २७ गते, आईतवार १२:३१

जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन, असन्तुष्ट पक्षसँग संवाद गरौंः महामन्त्री थापा

काठमान्डौँ- 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गर्नुभयो । उहाँले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गर्नुभयो ।

उहाँले व्यवस्थाको सुदृढिकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक रहेको समेत बताउनु भयो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस