२०८२ असार १७ गते, मंगलवार ०७:०९

काठमान्डौँ-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताउनुभएको छ ।

उहाँले वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरुले ठूलो गल्ती गरेको उहाँको टिप्पणी छ । मंगलवार काठमाडौंमा हुलाक टिकटहरुमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भइरहेको राजालाई दरबारबाटै मारिएको उहाँको आरोप छ । उहाँले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको उहाँको टिप्पणी छ । अब राजालाई बोकेर मुलुकको विकास नहुने बताउनु भयो ।  अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै भएको टिप्पणी गर्नुभयो ।

उहाँले राष्ट्रवादीले भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीको फोटो ल्याउने कसरी गर्छ भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस