२०८३ मंसिर ११ गते, शुक्रबार ९:२४

बलुचिस्तानमा जाफर एक्सप्रेस अपहरण, २१४ यात्रु बन्धक

काठमान्डौँ-

बलुच लिबरेशन आर्मी (बीएलए)ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको छ। बीएलएले रेलको ट्र्याकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ। उनीहरूले ३० सैनिकको हत्या गरेको र आफ्ना लडाकुहरूको रिहाइका लागि सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन्। सैन्य कारबाही भए सबै बन्धक मार्ने धम्की पनि दिएका छन्।

पाकिस्तानी सुरक्षा बलले जारी भिडन्तमा १६ विद्रोही मारिएको जानकारी दिएका छन्। एआरवाई न्यूजका अनुसार सेनाले १०४ बन्धक (५८ पुरुष, ३१ महिला र १५ बालबालिका) लाई उद्धार गरेको छ। सुरक्षा स्रोतले आतंककारीहरूले महिला र बालबालिकालाई मानव ढाल बनाएकोले उद्धार जटिल भएको बताएका छन्। आक्रमणमा चालक गम्भीर घाइते भएका छन्। १७ यात्रुलाई अस्पताल भर्ना गरिएको छ।

सुरक्षा बलले आतंककारीहरूलाई घेरेर गोलीबारी जारी राखेको छ। पाँच सय यात्रु सवार रेल नियन्त्रणमा लिएको बीएलएले गैरसैनिक यात्रु रिहा गरेको दाबी गरे पनि यो पुष्टि भएको छैन। पहाडी भूभाग र बन्धकहरूको सुरक्षालाई ध्यानमा राख्दै अभियान जारी राखेको सेनाले जनाएको छ।

बलुच लिबरेशन आर्मी (बीएलए) बलुचिस्तानमा सक्रिय एक सैन्य समूह हो, जसले स्वतन्त्र बलुचिस्तानको माग राख्दै आएको छ। उक्त समूहले पाकिस्तान सरकारमाथि प्राकृतिक स्रोतको शोषण र स्थानीय बासिन्दामाथि अन्याय गरेको आरोप लगाउँदै आएको छ। पाकिस्तानले सन् २००६ मा बीएलएलाई आतंकवादी संगठन घोषित गरेको थियो।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस