काठमान्डौँ-
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियामा साम्प्रदायिक तनाव भड्काउने प्रयासको विरुद्ध चेतावनी दिनुभएको छ । हालै भएको घातक झडपका लागि जिम्मेवारहरूलाई जवाफदेही बनाउने अन्तरिम सिरियाली राष्ट्रपति अहमद अल–शाराको प्रतिवद्धतालाई समर्थन व्यक्त गर्नुभयो । मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले सिरियाको पूर्व शासनका अवशेषहरूले साम्प्रदायिक कलह भड्काउने प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
बेलायतमा आधारित युद्ध अनुगमनकर्ता सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले रिपोर्ट गरेको छ कि बिहीवार र शनिवारको बीचमा १ हजार भन्दा बढी नागरिकहरूसहित लगभग १ हजार ५ जना मारिएका छन् । यसले अलाविट बहुल तटीय क्षेत्रमा अधिकांश नागरिक मृत्युको लागि सुरक्षा बल र सहयोगी गुटहरू जिम्मेवार रहेको बताएको छ ।
सुरक्षा गस्तीमा घातक आक्रमण पछि रक्तपात भएको थियो । जसको दोष अधिकारीहरूले अलाविट लडाकुहरूलाई लगाएका थिए । अन्तरिम सरकारप्रति वफादार बन्दुकधारीहरूलाई अपदस्थ नेता बसर अल–असदको नेतृत्वमा सत्ता सम्हाल्ने अल्पसंख्यक समूह अलाविट सम्प्रदायका सदस्यहरू विरुद्ध प्रतिशोधात्मक आक्रमणको आरोप लगाइएको छ ।
डिसेम्बरमा असदलाई अपदस्थ गर्ने द्रुत विद्रोही आक्रमणको नेतृत्व गर्ने अल–शाराले हत्याहरूको अनुसन्धान गर्न स्वतन्त्र समिति स्थापना गर्ने प्रतिवद्धता गर्नुभयो ।