२०८३ असार ११ गते, बिहीबार ०५:१५

अमेरिकाद्वारा क्यानेडियन स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर फिर्ता

काठमान्डौँ-

क्यानाडाको ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा कर घटाएपछि संयुक्त राज्य अमेरिकाले क्यानाडाको स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने आफ्नो योजना उल्टाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडा विरुद्ध ५० प्रतिशत करको बदलामा आफ्नो कार्यकारी शक्ति प्रयोग गर्ने धम्की दिएपछि ओन्टारियो प्रिमियर डग फोर्डले (वाणिज्य) सचिव (हावर्ड) लुटनिकसँग कुरा गर्दै संयुक्त राज्य अमेरिकामा बिजुली निर्यातमा २५ प्रतिशत शुल्क लागू गर्नबाट पछि हटेको बताउनु भयो ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले यसबारे जानकारी दिनुभएको हो । यसअघि मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा क्यानाडाको ओन्टारियो प्रान्तबाट बिजुली निर्यातमा करको प्रतिक्रियामा क्यानाडाबाट स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने बताउनुभएको थियो । जसले कुल कर ५० प्रतिशतमा पु¥याएको थियो । त्यसको केही समयपछि ओन्टारियोले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा २५ प्रतिशत अधिभार निलम्वन गर्न सहमति जनाएको थियो ।

ओन्टारियोका प्रिमियर डग फोर्ड र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको संयुक्त विज्ञप्ति अनुसार फोर्डले बिहीवार लुटनिकसँग भेट्न र अप्रिल २ को पारस्परिक ट्यारिफ समयसीमा अगाडि नवीकरण गरिएकोबारे छलफल गर्न वाशिंगटनको यात्रा गर्ने बताइएको छ । यसअघि ट्रम्पले क्यानडा र मेक्सिकोमा व्यापक २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गर्नुभएको थियो । जुन मार्च ४ मा लागू भएको थियो । यद्यपि दुई दिनपछि, ट्रम्पले आफ्नो अडान उल्ट्याएर ट्यारिफ उपायहरू समायोजन गर्नुभयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस