काठमाडौं –
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार रुसको राज्य सिमानामा सुरक्षा क्षेत्र स्थापना गर्ने प्रश्ताव राख्नुभएको छ । सो क्षेत्रमा सञ्चालनको निरीक्षण गर्ने सैन्य कमाण्ड सेन्टरको भ्रमणको क्रममा कुस्र्क क्षेत्रबाट शत्रु सेनालाई पूर्ण रूपमा निष्कासन गर्ने माग गर्नुभयो ।
उहाँले भविष्यको बारेमा सोच्नुपर्ने र राज्यको सीमानामा सुरक्षा क्षेत्र सिर्जना गर्ने बारेमा सोच्नुपर्ने बताउनु भयो । पुटिनले कुस्र्क क्षेत्रमा शत्रुको पूर्ण पराजय हासिल गर्नु र यसको पूर्ण मुक्ति सुनिश्चित गर्नु तत्काल प्राथमिकता रहेको बताउनु भयो ।
रुसी सेनाका प्रमुख जनरल स्टाफ भ्यालेरी गेरासिमोभकाअनुसार रुसी सेनाले कुस्र्क क्षेत्रमा १ हजार १ सय वर्ग किलोमिटरभन्दा बढी भूभाग पुनः प्राप्त गरेको छ । जुन पहिले विरोधी सेनाहरूले कब्जा गरेको क्षेत्रको ८६ प्रतिशत भन्दा बढी हो ।