२०८२ असार १७ गते, मंगलवार १८:१९

काठमाडौं –

चुनौतीपूर्ण समयको सामना गरिरहेका युवा सिरियालीहरूलाई खुशी र आशा दिने उद्देश्यले बुधवार दमास्कसमा लगभग १ हजार अनाथहरूका लागि एक मानवीय संस्थाले इफ्तार डिनर आयोजना गरेको छ । स्थानीय सहायता समूह ह्याण्डद्वारा दमास्कस गभर्नरेटसँगको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले रमजानको पवित्र महिनामा सामुदायिक भोजन बाँड्न राजधानीभरिका अनाथालयका बालबालिकाहरूलाई भेला ग¥यो ।

कठिन परिस्थितिहरूमा पनि अनाथ बालबालिकाहरूको अनुहारमा खुशी फर्काउन इफ्तार आयोजना गरेको हो । स्वयंसेवकहरूले साँझभर खाना खुवाउन र बालबालिकाहरूसँग अन्तरक्रियामा सक्रिय रूपमा भाग लिए । दमास्कसको अल–जलाआ स्पोट्र्स कम्प्लेक्सको एउटा ठूलो सजाइएको स्थानमा आयोजित उक्त भेलामा खाना मात्र नभई प्रदर्शन र उत्सवहरू पनि समावेश थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस