२०८२ भाद्र ६ गते, शुक्रबार ००:००

काठमाडौं –

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

काठमाडौं उपत्यकामा आज ९बिहीवार० बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस