२०८२ असार १७ गते, मंगलवार १२:३१

वीरगन्ज-

सिम्रौनगढ, २०८१ मङ्सिर २८ गते – इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराको प्रहरी गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहन तर्फबाट आउँदै गरेको एक व्यक्तिलाई फरार हुने अवस्थामा १५०० सय पिस प्रतिबन्धित लागू औषध बरामद गरेको छ। प्रहरी टोलीले उक्त व्यक्तिलाई देखेपछि उसले प्लाष्टिकको बोरा फाली भाग्ने कोशिश गरेको थियो। उक्त बोरामा ५ वटा सानो काटुनको पोका फेला परेको थियो जसमा Diazepam 2ml-५०० , Noophine 2ml-५००, र Phenargan 2ml-५००  लगायतका प्रतिबन्धित औषधी पदार्थहरू लुकाई राखिएको थियो। जम्मा ५ काटुनमा ९१५०० पिस औषधी पदार्थ बरामद भएको छ। प्रहरीले उक्त औषधी पदार्थ नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ।

२ जना फरार प्रतिवादी पक्राउ

यसैगरी, प्रहरीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका २ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। पक्राउ परेकामा राघव प्रसाद कानु र नरेश गिरी रहेका छन्। कानुमाथि चेक अनादरको आरोप छ भने गिरीमाथि मोटरसाइकल चोरीको आरोप छ। दुवै प्रतिवादीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको छ।

१३ किलो गाँजा सहित १ जना नियन्त्रणमा

अर्को घटनामा, जिल्ला बारा जितपुरसिमरा उप-महानगरपालिका ३ स्थित बजनी बिरगंज पथलैया सडक खण्डमा प्रहरीले १३ किलो गाँजा बरामद गरेको छ। प्रहरीले हेटौडाबाट बिरगंज तर्फ आउँदै गरेको एक यात्रुबाहक माईक्रोबस रोकी चेकिङ गर्दा सवार महिलाको साथमा रहेको २ वटा बोरामा १३ किलो गाँजा फेला परेको थियो। नियन्त्रणमा लिइएकी महिला मकवानपुर जिल्लाकी ५० वर्षीया सुशिला गोले हुन्। प्रहरीले उनलाई गाँजा सहित नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ।

प्रहरीले यी घटनाहरूमा सम्बन्धित व्यक्तिहरू विरुद्ध कडा कानूनी कारबाही गर्ने बताएको छ। यस्ता अवैध कारोबार र अपराधिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरीले निरन्तर कार्यरत रहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस