२०८२ असार १७ गते, मंगलवार ११:४१

पर्सा-

पर्सा प्रहरीले होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

होली खेल्ने क्रममा उच्छृङ्खल गतिविधि गर्दै होहल्ला गरेको आरोपमा शुक्रबार १२ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सुबास भट्टका अनुसार होलीको नाममा अवाञ्छित गतिविधि तथा होहल्ला गर्ने १२ जनालाइ जिल्लाका फरकफरक स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाइ वडा प्रहरी कार्यालय विर्ता तथा श्रीपुरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर स्पिडमा सवारी साधन चलाएका, स्वरूप चेन्ज भएका चार वटा सवारी साधनलाई समेत नियन्त्रणमा (होल्ड) लिइएको उनले बताए ।

होल्डमा राखिएका सवारी साधन ३ वटा दुइ पांग्रे तथा एउटा चारपांग्रे रहेका छन् ।

ती सवारी साधन प्रक्रिया पूरा गरेर बेलुकासम्म सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइने बताइएको छ ।

त्यस्तै, प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई पनि समेत उनीहरुको अवस्था हेरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस