२०८२ असार १७ गते, मंगलवार ११:००

वीरगन्ज —

वीरगन्ज महानगरपालिकामा मच्छरको आतंक बढ्दै गएको छ। महानगरवासीहरू मच्छरको टोकाइबाट हुने रोगव्याधबाट पीडित छन्। यसको बावजुद पनि महानगरपालिकाका मेयर राजेश मान सिंहले यस समस्याको समाधानका लागि ठोस कदम चालेको छैन। यसले गर्दा उनी सामाजिक संजालमा आलोचनाको शिकार बनेका छन्।

समाज सेवी कन्चन झाले आफ्नो सोशल मिडिया पोष्टमा मेयर सिंहको आलोचना गर्दै लेखेका छन्, “आजकल मच्छर कानमा आएर झुँ‘ (आवाज) गर्दावीरगन्जका मेयर सा’बलाई सम्झन्छु। सायद, म जस्तै वीरगन्जवासी सबैलाई यस्तै हुँदो हो। हुन त मच्छरको आवाज र वहाँको आवाज उस्तै होइन। तर, सफा सहर र मच्छर नियन्त्रण गर्ने वहाँको वाचा सम्झँदा भने मच्छरकै आवाज झैं नमज्जा लाग्छ।”

यसैबीच, नेपाली कांग्रेसका नेता बिकाश तिवारीले पनि मेयर सिंहको आलोचना गर्दै लेखेका छन्, “हिजो बिजय सेरावगी मेयर हुँदा यस्तै फोटो बनाई खुब बिरोध गरेका थिए। आज आफै मेयर भएका छन् तरपनि वीरगञ्जमा मच्छर समाप्त पार्न सकेको छैनन्। साझ पर्ने बित्तिकै मच्छर आतंक शुरु हुन्छ। न बोली ठिक न भाषा ठिक। जैसी करनी वैसे भरनी। घमण्ड त नाक मै हुन्छ। आज आफै परेका छन्।”

महानगरवासीहरूले मच्छरको आतंकबाट छुटकारा पाउन मेयर सिंहले ठोस कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले महानगरपालिकाले मच्छर नियन्त्रणका लागि ल्याएको योजना कार्यान्वयनमा किन असफल भएको भन्ने प्रश्न उठाएका छन्।

मेयर राजेश मान सिंहले यसबारे अझै टिप्पणी गरेका छैनन्। तर, महानगरपालिकाका अधिकारीहरूले मच्छर नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू चलाइरहेको दाबी गरेका छन्।

वीरगन्ज महानगरमा मच्छरको आतंकले गर्दा स्थानीय बासिन्दाहरूको दैनिक जीवन प्रभावित भएको छ। महानगरपालिकाले यस समस्याको समाधानका लागि तत्काल कदम चाल्नुपर्ने माग स्थानीय बासिन्दाहरूले गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस