२०८२ असार १७ गते, मंगलवार १३:४४

वीरगन्ज-

वीरगन्ज महानगरपालिका-१६ नगवामा एक १६ वर्षीया किशोरीले झुन्डिएर आत्महत्या गरेकी छिन्। मधु कुमारीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मधु राति कोठामा गएकी थिइन् र बिहानसम्म ढोका नखोलेपछि परिवारले शंका गरी ढोका फोडेका थिए। परिवारले उनलाई झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मधुले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस