२०८२ भाद्र २ गते, सोमबार ०४:२९

काठमाडौं-

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनको कब्जामा रहेका ७ जना नेपालीलाई छुटाइदिन आफूले युक्रेनका समकक्षीसँग आग्रह गरेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँग भारतको नयाँ दिल्लीमा कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले रुसको पक्षबाट युद्ध गर्न जाँदा पक्राउ गरी युक्रेनले वन्धक बनाएका सात नेपालीलाई छुटाउन आग्रह गरेको बताउनुभएको हो । उहाँले कुटनीतिक तवरबाट राजदुतलाई पत्र लेखेर नेपालीहरु छुटाउन आग्रह गर्ने र युक्रेनका विदेशमन्त्रीले पनि आफूले नेपाली छुटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो ।

उहाँले युक्रेनको परराष्ट्रमन्त्रीले नेपालले रुस—युक्रेन युद्धको विषयमा युरोपेली संघले राखेको प्रश्तावमा संयुक्त राष्ट्रसंघमा युक्रेनको पक्षमा मत दिएकोप्रति आभार व्यक्त गर्नुभएको पनि बताउनु भयो । नेपालले युक्रेन एउटा महत्वपूर्ण देश भएको र दौंत्य सम्बन्ध बढाउँ भन्ने मनशायले अघि बढिरहेको बताउनु भयो । उहाँले युक्रेनसँग अफिसियल र डिप्लोमेटिक भिसाहरु फ्रिमा गर्ने विषयमा पनि एमओयु भएको जानकारी दिनुभयो ।

पञ्चेश्वर र बिआइएसको विषयमा भारतीय समकक्षीसँग छलफल

मन्त्री राणाले नेपाल—भारतबीचको व्यापारिक सम्बन्धका बारेमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग छलफल गरेको बताउनु भयो । उहाले बिआईएसको बारेमा आफूले भेटमा प्रश्न उठाएको र भारतीय विदेशमन्त्रीले प्रक्रिया अघि बढाइरहेको बताउनुभएको जानकारी दिनुभयो ।

भारतीय विदेशमन्त्रीसँग आफूले हाइड्रोपावर, ट्रान्समिसन लाइन र ठूलो प्रोजेक्टहरु अघि बढाउने बारेमा छलफल गरेको र धेरै कुराहरु मिलिसकेपनि केही कुरा फेरि छलफल गर्न जरुरी रहेको बताउनु भयो । पञ्चेश्वर र बिआइएसको विषयमा भारतीय समकक्षीसँग छलफल गरेको बताउनु भयो । मन्त्री राणाले नेपालले नयाँ किसिमबाट वित्त परिचालन गर्न सिक्नुपर्ने जरुरी देखिएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस