२०८२ पुष २७ गते, आईतवार २०:१५

मध्यवर्ती क्षेत्रका निजी सम्पतीहरुको समस्या समाधान गर्न सरकार गम्भीर छः वनमन्त्री ठकुरी

काठमाडौं-

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय निकुञ्जभित्र मध्यवर्ती क्षेत्रमा परेका निजी सम्पतीहरुको समस्या समाधान हुनेगरी अघि बढ्नुपर्नेमा मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र विकास अन्तर्गत रहेकानिजी भवन, जग्गा र उनीहरुले व्यवसायिक रुपमा आफ्ना अरु गतिविधिहरु गर्न नियमावलीले समस्या पारेको गुनासो रहेको भन्दै यसलाई सरलीकरण गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।

उहाँले मध्यवर्ती क्षेत्र विकास समितिको हालको विद्यमान अवस्था केही फरक रहेको भन्दै यसलाई संशोधनकर्ताहरुको संशोधन र छलफलबाट ऐनको परिभााषामै फेरबदल गर्नुभन्दा नियमावलीमा गएर केही सरल गर्नुपर्नेतर्फ सरकारले सोचिरहेको बताउनु भयो । समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल भएको हो ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस